नियम ३९
क्षतिपूर्ति दिने तरिका
क्षतिपूर्तिको भुक्तानी दिंदा देहाय बमोजिम हुनेछः–
(क) बीमा गरिएको मूल्यको रकमभन्दा कुनै हालतमा पनि बढी नहुने गरी गुम, चोरी वा नोक्सान भएको जतिको ठीक मूल्य बराबरको क्षतिपूर्ति पाउने हकदार प्रेषक हुनेछ ।
(ख) अप्रत्यक्ष नोक्सानी वा नाफा हानिको विचार गरिने छैन ।
(ग) क्षतिपूर्तिको हिसाब गर्दा बीमा वस्तुहरू चलाउन स्वीकार गरेको स्थान र समयमा उही प्रकारको चीजको प्रचलित भाउ अनुसार गरिनेछ । प्रचलित भाउ नभएमा, चीजको सामान्य मूल्य अनुसार मूल्य निर्धारण गरिनेछ ।
(घ) महानिर्देशक वा क्षेत्रीय हुलाक निर्देशकद्वारा परिस्थितिवश जा“चवुझ गर्ने आदेश भएमा बाहेक क्षतिपूर्तिको भुक्तानी यथाशक्य छिटो र ढिलोमा सोधपुछ भएको मितिदेखि ६ महिनाभित्र दिइनेछ ।